१५ चैत्र २०८२, आईतवार | Sun Mar 29 2026

आज फेरि २५ अर्बकाे ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

२० पुस, काठमाडाैं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्न आज पुनः २५ अर्ब रुपैयाँ झिक्ने भएको छ। बैंकले ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ग’ मार्फत एक वर्षका लागि उक्त रकम बजारबाट तान्न लागेको हो।

राष्ट्र बैंकका अनुसार आज आइतबार मध्याह्न २ बजेसम्म अनलाइन बिल्डिङ प्रणालीमार्फत बोलकबोल हुनेछ। जारी गरिने ऋणपत्रमा लगानी गरिएको रकमको ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिनेछ। लगानीकर्ताले न्यूनतम ५ करोड रुपैयाँ र बढीमा ५ करोडले निःशेष भाग जाने गरी (५ करोडको गुणाङ्कमा) आवेदन दिन सक्नेछन्।

यसको साँवा तथा ब्याज भुक्तानी २०८३ पुस २० गते हुनेछ । यो ऋणपत्रमा राष्ट्र बैंकबाट अनुमति प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले मात्र सहभागिता जनाउन पाउनेछन्। खरिद गरिएको यो ऋणपत्रलाई बैंक तथा वित्तीय संस्थाहरूले अन्य बैंक वा राष्ट्र बैंकमा धितो राखी कर्जा लिन समेत प्रयोग गर्न सक्नेछन्।

प्रकाशित मिति : २० पुष २०८२, आईतवार ११:४४