२१ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
२० पुस, काठमाडाैं । सुनको मूल्यमा आज गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ ताेलामा २१ सय रुपैयाँले घटेकाे हाे ।
याेसँगै आज छापावाल सुन प्रतितोला २ लाख ६० हजार ४ सय कायम भएको छ । गत शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ६२ हजार ५ सय रुपैयाँमा भएको थियो ।
यस्तै आज चाँदीको भाउ पनि ताेलामा २५ रुपैयाँले घटेको छ । चाँदी आज प्रतितोला ४ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ५२५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति : २० पुष २०८२, आईतवार ११:०५








