२५ चैत्र २०८२, बुधबार | Thu Apr 9 2026

२१ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२० पुस, काठमाडाैं । सुनको मूल्यमा आज गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ ताेलामा २१ सय रुपैयाँले घटेकाे हाे ।

याेसँगै आज छापावाल सुन प्रतितोला २ लाख ६० हजार ४ सय कायम भएको छ । गत शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ६२ हजार ५ सय रुपैयाँमा भएको थियो ।

यस्तै आज चाँदीको भाउ पनि ताेलामा २५ रुपैयाँले घटेको छ । चाँदी आज प्रतितोला ४ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ५२५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : 11:05