एनआईसी एशिया बैंकले हकप्रद सेयर जारी गर्ने
२० पुस, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ । बैंकले हाल कायम चुक्तापूँजीको २ः१ अनुपातमा हकप्रद जारी गर्न लागेको हो ।
बैंकको पुस २० गते सम्पन्न सञ्चालक समितिको बैठकले हकप्रद जारी गर्ने पूर्वसहमतिका लागि राष्ट्र बैंक समक्ष पेश आवेदन पेश गर्ने निर्णय गरेको हो । राष्ट्र बैंकबाट सहमति प्राप्त भएपश्चात बैंकको वार्षिक साधारण सभामा उक्त प्रस्ताव स्वीकृतीका लागि पेश गरिने बैंकले जनाएको छ । हाल बैंकको चुक्ता पूँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९२२ रुपैयाँ रहेको छ।
प्रकाशित मिति : २० पुष २०८२, आईतवार १०:४३








