१२ चैत्र २०८२, बिहीबार | Fri Mar 27 2026

नेपाल लाइफको २६ औं साधारण सभा सम्पन्न, २१.०५ प्रतिशत लाभांश पारित

२० पुस, काठमाडाैं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभा कम्पनीको सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघईको अध्यक्षतामा पर्सा जिल्लाको वीरगंजस्थित होटल भिष्वामा सम्पन्न भएको हो।

सभाले आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट कम्पनीको हाल कायम चुक्ता पुँजी ९ अर्ब २ करोड ८७ लाख ६३ हजार २०९ रुपैयाँको २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।

सभामा अध्यक्ष संघईले प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक कार्यप्रगति प्रतिवेदन छलफलपछि पारित गरिएको छ। साथै, लेखापरीक्षकको प्रतिवेदनसहित सोही अवधिको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायत वित्तीय विवरणहरू अनुमोदन गरिएको छ। सभाले आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गर्दै पारिश्रमिकसमेत निर्धारण गरेको छ।

सभाबाट संस्थापक समूहअन्तर्गत गोविन्द लाल संघई, कमलेश कुमार अग्रवाल र विवेक कुमार अग्रवाल निर्विरोध निर्वाचित भएका छन्। साधारण सभा पश्चात बसेको सञ्चालक समितिको ४०७औँ बैठकले संघईलाई पुनः सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको छ।

प्रकाशित मिति : २० पुष २०८२, आईतवार ०९:५३