नुवाकोट १ मा एमालेबाट बद्री मैनाली सर्वसम्मत सिफारिस
१९ पुस, नुवाकोट । नेकपा (एमाले) नुवाकोट १ नम्बर क्षेत्रीय कमिटीले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्ला अध्यक्ष बद्री मैनालीलाई उम्मेदवार बनाउन सर्वसम्मत सिफारिस गरेको छ ।

शनिबार भएको क्षेत्रीय कमिटीको विस्तारित बैठकले मैनालीको एकल नाम सिफारिस गरेको एमाले नेता कृष्णराज खतिवडाले जानकारी दिनुभयो । मैनाली यसअघि पनि सोही क्षेत्रबाट प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरेर पराजित हुनुभएको थियो ।
प्रकाशित मिति : १९ पुष २०८२, शनिबार १६:४९












