१८ पुष २०८२, शुक्रबार | Fri Jan 2 2026

आन्तरिक उडानको भाडा घट्यो, कहाँको कति ?

१८ पुस, काठमाडौं । हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक हवाई यात्रुका लागि न्यूनतम भाडा घटाएको छ । आयल निगमले यही पुस १६ गते हवाइ इन्धनको साबिक मूल्यमा प्रतिलिटर ६ रुपैयाँ घटाएको थियो। सोही आधारमा प्राधिकरणले शुक्रबारदेखि लागू हुने गरी विभिन्न गन्तव्यको हवाइ भाडा घटाएको हो।

यसअघि प्रतिलिटर १३४ रुपैयाँ रहेको इन्धनको मूल्य (फ्युल सर्चाज) १२८ रुपैयाँ कायम गरी सोही आधारमा भाडा घटाइएको हो। प्राधिकरणले फ्युल सरचार्ज प्रतिसिट प्रतिमिनेट शुल्क ६८.०९ रुपैयाँ राखेको छ।

प्राधिकरणका अनुसार काठमाडौंबाट हुने पर्वतीय उडानहरुमा ४ हजार ६ सयबाट घटाएर न्यूनतम ४ हजार ३ सय ९० रुपैयाँ कायम भएको छ। त्यस्तै, काठमाडौं–भद्रपुर उडानको भाडा चार हजार २५ रुपैयाँबाट घटेर तीन हजार ८४५ रुपैयाँ पुगेको छ । काठमाडौं–विराटनगर उडानको न्यूनतम भाडा तीन हजार ७५ रुपैयाँ निर्धारण गरिएको प्राधिकरणले जनाएको छ।

धनगढीका लागि भने सबैभन्दा धेरै भाडा घटेको छ । यस उडानमा २ सय ६५ रुपैयाँ भाडा घटेर अब न्यूनतम भाडा ५ हजार ६ सय ५५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : १८ पुष २०८२, शुक्रबार १७:१६