गोरखा २ बाट एमालेले चक्रे मिलनलाई गर्यो उम्मेदवार सिफारिस
१८ पुस, काठमाडौं । गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभाको निर्वाचनका लागि नेकपा एमालेको तर्फबाट मिलन गुरुङ (चक्रे मिलन) लाई उम्मेदवारका रूपमा सिफारिस गरेकाे छ ।
उहाँ २०५० सालतिरदेखि नै नेकपा एमालेमा सक्रिय रहँदै आउनुभएकाे थियाे । उहाँले पार्टीसँग निरन्तर रूपमा आबद्ध भएर समाजसेवा र राजनीतिमा क्रियाशील रहेको दाबी गर्दै आउनुभएकाे छ ।
प्रकाशित मिति : १८ पुष २०८२, शुक्रबार १६:४०












