१७ पुष २०८२, बिहीबार | Thu Jan 1 2026

कामना सेवा विकास बैंकद्वारा लहानका विपन्न परिवारलाई फाईबर सिरक वितरण

१७ पुस, काठमाडाैं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय लहान मार्फत लहान नगरपालिका वडा नं. ५ बस्ने गरिब, दलित तथा अत्ति बिपन्न वर्गहरुलाई जाडोयाममा फाईबर सिरक वितरण गरेको छ ।

बैंकको मधेश प्रदेश प्रमुख श्याम चवाईंले लहान नगरपालिका–५ का स्थानीय बासिन्दाहरुलाई फाईबर सिरक वितरण गरेका हुन् । बैंकका मधेश प्रदेश प्रमुख चवाईंले बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको सो कार्यक्रम स्थानीयलाई महत्वपुर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

यसरी जाडोयाममा फाइबर सिरक वितरण भएकोमा स्थानीयहरुले खुशी व्यक्त गरी यस मानवीय पहलप्रति आभार व्यक्त गदैं बैंकलाई धन्यवाद ज्ञापन गरेका छन् । उक्त वितरण कार्यक्रममा बैंकका कर्मचारी, लहान नगरपालिका–५ का वडा अध्यक्ष, उद्योग वाणिज्य संघका अध्यक्ष तथा स्थानीयको उपस्थिती रहेको थियो ।

यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका कार्यक्रमहरुलाई निरन्तरता दिने जनाएको छ ।

प्रकाशित मिति : १७ पुष २०८२, बिहीबार १७:४०