१७ पुष २०८२, बिहीबार | Thu Jan 1 2026

रमेश लेखकको स्थान हद फुकुवा

१७ पुस, काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री रमेश लेखकविरुद्धको स्थान हद फुकुवा भएको छ । गत भदौ २३ र २४ गते जेनजी आन्दोलन हुँदा गृहमन्त्री रहेका लेखकमाथि सरकारले गठन गरेको उच्चस्तरीय जाँचबुझ आयोगले स्थान हद लगाएको थियो ।

बिहीबार आयोगको सचिवालयले गृह मन्त्रालयमार्फत लेखकलाई स्थान हद फुकुवा गरेको जानकारी गराएको हो। गत असोज १२ गते बसेको आयोगको बैठकले लेखकलाई स्थान हद लगाउने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १७ पुष २०८२, बिहीबार १७:०२