१७ पुष २०८२, बिहीबार | Thu Jan 1 2026

कुमारी बैंकको एटीएम तोडफोड गर्ने २ जना पक्राउ

१७ पुस, काठमाडौं । ‍कुमारी बैंकको एटीएम तोडफोड गर्ने २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका २७ सुनाकोठी बस्ने १९ वर्षीय सरोज पाख्रिन र सिन्धुपाल्चोक घर भई ललितपुर महानगर २३ धापाखेल बस्ने १८ वर्षीय सुनिल बिक रहेका छन् ।

बुधबार बेलुकी एटीएम तोडफोड गरिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको ललितपुर प्रहरी परिसरले जनाएको छ । प्रहरीले एटीएम तोडफोड भइरहेको गोप्य सूचनाका आधारमा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरी टोलीले भाग्दै गरेको अवस्थामा उनीहरूलाई प्रकाउ गरेको हो ।

प्रकाशित मिति : १७ पुष २०८२, बिहीबार १६:१८