नेप्सेसँगै घट्यो कारोबार रकम
१७ पुस, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा गिरावट आएको छ । यस दिन नेप्से १२.८३ अंकले घटेर २६२०.९२ को विन्दुमा कायम भएको हो ।
यस दिन ३३६ कम्पनीको १ करोड १ लाख ५३ हजार २२६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७१ करोड ३९ लाख ५ हजार रुपैयाँको कारोबार भएको छ । बिहीबार ६३ कम्पनीको सेयर मूल्य बढेको छ भने १८९ कम्पनीको घटेको छ । ८ कम्पनीकाे सेयर मूल्यस्थिर रहेकाे छ ।
बिहीबार एसवाई प्यानलमा लगानीकर्ताहरु झुम्मिएका छन् । आज कम्पनीको कुल २३ करोड ४१ लाख रुपैयाँको कारोबार भएको छ । यस दिन विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । ग्लोबल आइएमई समुन्नत योजना २ को इकाईमूल्य यस दिन सर्वाधिक १० प्रतिशत घटेको छ।
प्रकाशित मिति : १७ पुष २०८२, बिहीबार १५:१६












