नाडा अध्यक्षमा सुरेन्द्रकुमार उप्रेती निर्वाचित
१७ पुस, काठमाडौं । नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपाल (नाडा)को अध्यक्षमा सुरेन्द्रकुमार उप्रेती निर्विरोध निर्वाचित हुनुभएकाे छ ।पुस २५ गते हुने निर्वाचनका लागि उम्मेदवारी दिने अन्तिम समयसम्म उप्रेतीको मात्रै उम्मेदवारी परेपछि उहाँ नाडा अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएकाे हाे ।
उम्मेदवारी दिने अन्तिम समय बिहीबार मध्याह्न १२ बजेसम्म तोकिएको थियो । यस समयभित्र उप्रेतीको मात्रै उम्मेदवारी परेपछि नाडा अध्यक्षमा उप्रेती निर्विरोध निर्वाचित हुनुभएकाे हाे । निर्वाचन समितिले औपचारिक घोषणा गर्न बाँकी छ। उप्रेती नाडाको वर्तमान कार्यसमितिमा महासचिव हुनुहुन्थ्याे ।
प्रकाशित मिति : १७ पुष २०८२, बिहीबार १५:०४












