द गभर्नर स्मोकवुड कास्क ह्विस्की अब १८० एमएल प्याकमा सार्वजनिक
१७ पुस, काठमाडौं । सागर डिस्टिलरी लिमिटेडले आफ्नो प्रिमियम ब्लेन्डेड ह्विस्की ब्रान्ड द गभर्नर स्मोकवुड कास्क ह्विस्की अब १८० एमएलको आकर्षक प्याकमा सार्वजनिक गरेको छ ।
यसअघि ७५० एमएल प्याकमा सफलतापूर्वक बजारमा स्थापित भइसकेको यस ह्विस्कीलाई उपभोक्ताको पहुँच अझ सहज बनाउने उद्देश्यले सानो प्याकमा ल्याइएको कम्पनीले जनाएको छ । द गभर्नर स्मोकवुड कास्क ह्विस्की १० वर्षसम्म मच्योर गरिएको हाइल्याण्ड र स्पेसाइड स्कच माल्टको उत्कृष्ट मिश्रणबाट तयार गरिएको हो ।
“दुई प्रख्यात माल्ट, एक उत्कृष्ट ब्लेन्ड” भन्ने मूल दर्शनलाई आत्मसात गर्दै यस ह्विस्कीमा हाइल्याण्ड माल्टको गहिराइ र संरचना तथा स्पेसाइड माल्टको स्मूथनेस र सन्तुलन झल्किन्छ । स्मोकवुड कास्कमा परिपक्व गरिएको यस ह्विस्कीमा भ्यानिला, ओक र क्यारामेलका नोटहरूसँगै सौम्य स्मोकी स्वाद अनुभव गर्न सकिने बताइएको छ ।
नयाँ प्याक लन्चबारे सागर डिस्टिलरी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सौरभ कारंजितले १८० एमएल प्याकले ब्रान्डको गुणस्तर र विशेषता कायम राख्दै उपभोक्तालाई विभिन्न उपभोग अवसरमा सहज विकल्प प्रदान गर्ने विश्वास व्यक्त गरे ।
द गभर्नर स्मोकवुड कास्क ह्विस्की (१८० एमएल) अब देशभर ७४५ रुपैयाँको खुद्रा मूल्यमा उपलब्ध हुनेछ । नेपालस्थित सागर डिस्टिलरी लिमिटेड एक अग्रणी मदिरा उत्पादक कम्पनी हो, जसको आधुनिक ब्लेन्डिङ तथा बोटलिङ सुविधा रहेको छ । कम्पनीको पोर्टफोलियोमा नेप्से बुल्स रेयर माल्ट ह्विस्की, रोयल ब्लू, म्याक्स, ग्रे वुल्फ, बेरीज एन्ड ब्लूजलगायत विभिन्न लोकप्रिय ब्रान्डहरू समावेश छन् ।
प्रकाशित मिति : १७ पुष २०८२, बिहीबार ११:४५












