निरन्तर घट्दै सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
१७ पुस, काठमाडौं । स्थानिय बजारमा सुनको मूल्य निरन्तर घट्दै गएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा १४ सय रुपैयाँले घटेर छापावाल सुन प्रतितोला २ लाख ५९ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन पनि सुनको मूल्य ११ सय रुपैयाँले घट्दै छापावाल सुन प्रतितोला २ लाख ५९ हजार ६ सय कायम भएको थियो । यस्तै आज चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँले घट्दै प्रतितोला ४ हजार ४१५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको मूल्य प्रतितोला चार हजार ४७० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति : १७ पुष २०८२, बिहीबार १०:५५












