१५ कार्तिक २०८३, शनिबार | Sat Oct 31 2026

छुट्ला है ! १४ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

१७ पुस, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत १४ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज स्वरोजगार लघुवित्त, अरुण भ्याली हाइड्रोपावर, समता घरेलु लघुवित्त, मेरा माइक्रोफाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, अपि पावर, ग्लोबल आइएमई लघुवित्त, कालिका पावर, हिमालयन लघुवित्त, सूर्यज्योति लाइफ इन्स्योरेन्स, युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावर, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, नेपाल दूरसञ्चार कम्पनी र सगरमाथा लुम्बिनी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।

१४ कम्पनीहरुमध्ये नेपाल दूरसञ्चार र सगरमाथा लुम्बिनी इन्स्योरेन्सले पुस २० गते, आइतबार बुकक्लोज गर्दैछन् भने बाँकी १२ कम्पनीहरुले भोली अर्थात पुस १८ गते बुकक्लोज गर्दैछन्। यसकाे अर्थ आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै यी कम्पनीहरुको साधारण सभामा सहभागिता हुन तथा कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रकाशित मिति : January 1, 2026 at 10:38 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/