विगतका कमजोरीबाट पाठ सिकेर मुलुकको समृद्धिमा लाग्नुपर्छः नेकपाका सहसंयोजक नेपाल
१६ पुस, काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले स्थायित्व, सुशासन र विकासका सन्दर्भमा विगतमा देखिएका कमीकमजोरी र समस्याबाट पाठ सिकेर जनताको जीवनस्तर सुधार्न लाग्नुपर्नेमा जोड दिनुभएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा आज आयोजित सर्वपक्षीय संवाद कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेतर रहनुभएका नेपालले प्राकृतिक र विविध हिसाबले मुलुक सम्पन्न रहेकाले जनअपेक्षाअनुसार समृद्ध बनाउन संरचनागत क्षेत्रमा भएका त्रुटिलाई सच्याउँदै लाग्नुपर्ने बताउनुभयो ।
उहाँले मुलुकको स्रोत, साधन र सम्पदाको सदुपयोग गर्न जोड दिँदै सत्ताको दुरुपयोग गर्ने र नीतिगत अस्थिरता उत्पन्न गर्ने प्रवृत्ति अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।
प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पूर्वप्रधानमन्त्री, विभिन्न पार्टीका नेता, उद्योगी, व्यवसायीलगायत सहभागी हुनुहुन्छ ।
प्रकाशित मिति : १६ पुष २०८२, बुधबार १६:१८












