बुधबार ग्रीन भेन्चर्ससहित यी कम्पनीमा झुम्मिए लगानीकता
१६ पुस, काठमाडौं । साताको तेस्रो कारोबारको दिन बुधबार सेयर बजारमा सुधार आएको छ । यस दिन नेप्से १०.८७ अंकले बढेर २६३३.७६ को विन्दुमा कायम भएको छ । यस दिन ३४२ कम्पनीको १ करोड १९ लाख ४६ हजार ३३३ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १३ करोड ४८ लाख ५० हजार रुपैयाँको कारोबार भएको छ ।
आज कारोबार भएका १६३ वटा कम्पनीको सेयरमूल्यमा हरियाली छाएको छ भने ८९ कम्पनीको घटेको छ । ८ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । यस दिन ग्रीन भेन्चर्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीकाे यस दिन १७ करोड ७९ लाख रुपैयाँकाे काराेबार भएकाे छ ।
त्यस्तै, यस दिन बन्दीपुर केवलकारको १५ करोड ८८ लाख रुपैयाँ, श्रीनगर एग्रोटेकको १३ करोड ५८ लाख रुपैयाँ, हिमालयन रिइन्स्योरेन्सको १२ करोड ९१ लाख रुपैयाँ र शिवम् सिमेन्टको १२ करोड ४३ लाख रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : १६ पुष २०८२, बुधबार १५:२१












