१६ पुष २०८२, बुधबार | Wed Dec 31 2025

दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट, कुनको मूल्य कति बढ्यो ?

१६ पुस, काठमाडौं । साताको तेस्रो कारोबारको दिन बुधबार सेयर बजारमा सुधार आएको छ । यस दिन नेप्से  १०.८७ अंकले बढेर २६३३.७६ को विन्दुमा कायम भएको छ । यस दिन ३४२ कम्पनीको १ करोड १९ लाख ४६ हजार ३३३ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १३ करोड ४८ लाख ५० हजार रुपैयाँको कारोबार भएको छ ।

आज कारोबार भएका १६३ वटा कम्पनीको सेयरमूल्यमा हरियाली छाएको छ भने ८९ कम्पनीको घटेको छ । ८ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । बुधबार एसवाइ प्यानल नेपाल र न्यादी हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रकाशित मिति : १६ पुष २०८२, बुधबार १५:१७