सामुदायिक लघुवित्तले सेयरधनी बनायाे निराश, लाभांश वितरण नगर्ने
१६ पुस, काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको हो ।
पुस १६ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने र सोही अनुसारको वित्तीय विवरण स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको हो । यस कम्पनीले गत वर्ष पनि सेयरधनीहरुलाई लाभांश वितरण गरेको थिएन ।
प्रकाशित मिति : १६ पुष २०८२, बुधबार १५:०९












