१६ पुष २०८२, बुधबार | Wed Dec 31 2025

२५ अर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

१६ पुस, काठमाडौं ।नेपाल राष्ट्र बैंकले आज (पुस १६ गते) फेरि २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । यसअघि गत साेमबार मात्र २५ अर्ब रुपैयाँबराबरकै ऋणपत्र जारी गरेको राष्ट्र बैंकले आज पुस १६ गते फेरि ऋणपत्र जारी गर्न लागेकाे हाे ।

केन्द्रीय बैंकले आज ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ख’ जारी गर्ने भएको हो। यो ऋणपत्रमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले आवेदन दिन पाउनेछन्।

आज दिउँसो २ बजेसम्म यस ऋणपत्रको अनलाइनबाट बोलकबोल हुनेछ । राष्ट्र बैंकका अनुसार बोलकबोलका माध्यमबाटै यो ऋणपत्रको ब्याजदर निर्धारण हुनेछ । यो एकवर्षे अवधिको ऋणपत्र हो।

यसको साँव भुक्तानी २०८३ पुस १६ गते हुने भने ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिनेछ । यस ऋणपत्रमा न्यूनतम ५ करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलपत्र पेस गर्न सकिनेछ ।

प्रकाशित मिति : १६ पुष २०८२, बुधबार ११:५१