२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

निलाम्बर आचार्य भारतको आवासीय राजदूतमा नियुक्त

२० माघ, काठमाडौँ । निलाम्बर आचार्य भारतको आवासीय राजदूतमा नियुक्त भएका छन् । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले आचार्यलाई राजदूतमा नियुक्त गरेकी हुन् ।


आचार्यलाई संविधानको धारा २८२ को उपधार (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा  राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएकाे छ । मन्त्रिपरिषद्ले भारतका लागि राजदूतमा सिफारिस गरिएका आचार्यलाई गत मंसिर २३ गते बसेको संसदीय सुनुवाई समितिको बैठकले अनुमोदन गरेको थियो ।

प्रकाशित मिति : २० माघ २०७५, आईतवार १६:०४