१६ पुष २०८२, बुधबार | Wed Dec 31 2025

आज पनि घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

१६ पुस, काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायही महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार १ सय रुपैयाँले घटेर छापावाल सुन प्रतितोला २ लाख ६१ हजार रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन  छापावाल सुन प्रतितोला २ लाख ६२ हजार १ सय रुपैयाँ कायम थियो । यस्तै, आज चाँदीको मूल्य पनि १२० रुपैयाँले घट्दै प्रतितोला ४ हजार ४७० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : १६ पुष २०८२, बुधबार १०:४७