स्वावलम्बन लघुवित्तको अध्यक्षमा गिरी चयन
१६ पुस, काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा बेचन गिरी चयन हुनुभएको छ । पुस १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गिरीलाई अध्यक्षमा चयन गरेको हो ।
साविककी अध्यक्ष डा. सुमित्रा मानन्धर गुरुङ्गको पदावधि पुस १५ गते समाप्त भएकाले अध्यक्षमा गिरीलाई चयन गरिएको कम्पनीले जनाएको छ ।
प्रकाशित मिति : १६ पुष २०८२, बुधबार १०:३५












