१२ चैत्र २०८२, बिहीबार | Fri Mar 27 2026

प्रभु महालक्ष्मी लाइफको अध्यक्षमा सम्झना अर्याल नियुक्त

१६ पुस, काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा सम्झना अर्याल नियुक्त हुनुभएको छ ।

पुस १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अर्याललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। यसअघि कम्पनीको अध्यक्ष रहनुभएको शिक्षा भट्टचनले राजीनामा दिएपछि उक्त पद रिक्त थियो।

त्यसैगरी कम्पनीको रिक्त सञ्चालक समितिको सदस्यको पदमा संस्थापक सेयरधनीको प्रतिनिधित्व गर्ने गरी संस्थापक सेयरधनी क्लाउड मण्डप प्रा।लि को तर्फबाट छन बहादुर भट्टचन नियुक्त हुनुभएको छ ।

प्रकाशित मिति : १६ पुष २०८२, बुधबार १०:२७