१६ पुष २०८२, बुधबार | Wed Dec 31 2025

सुम्निमा हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने

१६ पुस, काठमाडौं । सुम्निमा हाईड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गर्न माघ ९ गते ललितपुरको मानभवनस्थित क्रिस्टल ब्याङ्क्वेटमा सभा बोलाएको छ । उक्त सभा बिहान १०ः४५ बजेदेखि शुरू हुनेछ।

उक्त सभामा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र आम सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, चुक्तापूँजी र सञ्चित मुनाफाको योगमा बढ्ने गरी बैंक ऋण लिने र नियमनकारी निकायबाट कुनै संशोधन गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तिदयारी प्रदान गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ ।

प्रकाशित मिति : १६ पुष २०८२, बुधबार १०:१६