बादललाई गोकुलको घुच्चा
१६ पुस, काठमाडाैँ । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादललाई सोही पार्टीका केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले शब्द मार्फत घुच्चा हान्नुभएको छ। बुधबार विहान फेसकुबमा छोटो टिप्पणी गर्दै बाँस्कोटाले घुच्चा हान्नुभएको हो ।
उहाँले समानुपातिक निर्वाचन प्राणालीको सन्दर्भ जोडेर मंगलबार बादलले कांग्रेस र एमालेको चुनावी तालमेल हुने भनेको विषयमा टिप्पणी गर्नुभएको हो । उहाँले रूख र सूर्य मिलेपछि चुनाव लडे भैगो नि त भन्दै सुझाव समेत दिनुभएको छ ।

बाँस्कोटाले पटके समानुपातिक बादलले समावेशिताको बेइजत गर्न नहुने पनि बताउनुभएको छ । उहाँले भन्नुभएको छ, ‘समानुपातिक कोटामा आफुलाई शक्तिशाली र लोकप्रिय ठान्ने नेता नै पटक पटक बसे पछि यो प्रणालीको विरोध हुनु ठिक हो । अझ तिनै रुख र सुर्य मिलेर चुनावमा जानु पर्छ भन्छन।रुख-सुर्य मिलेपछि चुनाव लडे भो त । अहिले नाम फिर्ता लिए हुन्छ पटके समानुपातिकले। समावेशीताकै वेईजत नगर के-त्यो पनि पुरुषले।’

प्रकाशित मिति : १६ पुष २०८२, बुधबार १०:४०












