१६ पुष २०८२, बुधबार | Wed Dec 31 2025

छुट्ला है ! ८ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

१६ पुस, काठमाडौं।  नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत ८ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज एलआईसी नेपाल, इमर्जिङ नेपाल, निर्धन उत्थान लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक, चिलिमे जलविद्युत कम्पनी, अपर हेवाखोला हाईड्रोपावर,महुली लघुवित्त र फर्स्ट माईक्रोफाइनान्स लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले भोली अर्थात पुस १७ गते बुकक्लोज गर्दैछन्। यसकाे अर्थ आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता हुन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

एलआईसी नेपालले आव २०८१/८२ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापूँजीको २१.०५ प्रतिशत नगद लाभांश(करसहित) दिने निर्णय गरेको छ । इमर्जिङ नेपाल हाल कायम चुक्तापूँजीको ५.२६३१५ प्रतिशत नगद लाभांश(कर समेत) प्रदान गर्ने घोषणा गरेको छ ।

त्यस्तै, निर्धन उत्थान लघुवित्तले आव २०८१/८२ सम्मको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश(कर समेत) गरी कुल १२ प्रतिशत लाभांश दिने भएको छ ।

ग्रीन डेभलपमेन्ट बैंकले गत आवसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको ८.०३९६ प्रतिशत बोनस सेयर र ०.४२३१४ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ८.४६२७४ प्रतिशत लाभांशको प्रदान गर्ने निर्णय गरेको छ ।

चिलिमे जलविद्युत कम्पनीले आव २०८१/८२ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको ८ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश(कर समेत) गरी कुल १२ प्रतिशत लाभांश दिने भएको छ ।

त्यस्तैगरी, अपर हेवाखोला हाईड्रोपावरले आव २०८१/८२ सम्मको सञ्चित मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश प्रदान गर्ने घोषणा गरेको छ ।

साथै, महुली लघुवित्तले आव २०८१/८२ सम्मको वितरणयोग्य सञ्चित मुनाफाबाट ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश गरी कुल ५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

फर्स्ट माईक्रोफाइनान्स लघुवित्तले गत आवका लागि सेयरधनीहरुलाई ६.५ प्रतिशत नगद लाभांश (कर समेत) प्रदान गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : १६ पुष २०८२, बुधबार ०९:२३