१५ पुष २०८२, मंगलवार | Tue Dec 30 2025

नुवाकोटको देवकी पाैडेलः बधाई खाइन तर समानुपातिकको बन्द सूचीमा अटाइनन्

१५ पुस, काठमाडौँ । नुवाकोटको देवकी पौडेल प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीमा उज्यालो नेपाल पार्टीका तर्फबाट बन्द सूचीमा नाम सिफारिस भएर पनि राष्ट्रिय स्वतन्त्र पार्टीको सूचीमा अटाउन नसेकको पाइएको छ ।

उज्यालो र रास्वपा एकतामा सहमति भए पनि सिफारिस भएका १८ जनामा नाम समावेश भए पनि निर्वाचन आयोगमा बुझाएको बन्द सूचीमा देवकीको नाम अटाउन नसकेको हो ।

यता सोमबार देवकीले सामाजिक सञ्जाल र फोन मार्फत समानुपातिकमा उम्मेदवार भएको भनेर बधाई खानुभएको थियो । तर मध्यरातमा निर्वाचन आयोगमा रास्वपाको तर्फबाट बुझाइएको नाममा नुवाकोटबाट नाम पर्नुभएको देवकी नाम गायब भएको छ । बरू नुवाकोटबाटै प्रभा कार्कीको नाम सूचीमा समावेश भएको छ ।

प्रकाशित मिति : १५ पुष २०८२, मंगलवार ०८:५३