यी हुन रास्वपाका समानुपातिक उम्मेदवार, बालेन र कुलमानका कार्यकर्ता अग्रपंक्तिमा परेनन्
१५ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्राणालिका लागि उम्मेदवारको बन्दसूची पेश गरेको छ । सूचीमा राष्ट्रिय मानवअधिकार आयोगको पूर्व सदस्य मोहना अन्सारी, क्रिकेटर ज्ञानेन्द्र मल्लदेखि कलाकार प्रकाश सपुतसम्म अटाउनुभएको छ ।
सूचीमा एकता पक्रियामा सहभागी बालेन्द्र शाह बालेन र कुलमान घिसिङ समूहका कार्यकर्ता अग्रपंक्तिमा अटाउन सकेका छैनन् । सबैजसो क्लस्टरमा रवि लामिछाने समूहकै कार्यकर्ता अग्रपंक्तिमा रहेका छन ।




प्रकाशित मिति : १५ पुष २०८२, मंगलवार ०८:२८












