२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

काँग्रेसले गर्याे संसदीय सुनुवाई समिति बैठक बहिस्कार

२० माघ, काठमाडौँ । नेपाली काँग्रेसका सांसदहरुले संसदीय सुनुवाई समितिको बैठक बहिस्कार गरेका छन् । संवैधानिक निकायका प्रमुखहरुको नाम अनुमोदन गर्न सिंहदरवारमा आइतबार बोलाइएको समितिको बैठक काँग्रेस सांसदहरुले बहिस्कार गरेका हुन् ।

संविधान विपरित विपक्षी दलको नेता सहभागी नभई विभिन्न संवैधानिक निकायमा नियुक्तिका लागि सिफारिस गरेको भन्दै उनीहरुले समिति बैठक बहिस्कार गरेका हुन् ।

समितिमा काँग्रेस सांसदहरु ज्ञानेन्द्र बहादुर कार्की, जितेन्द्र नारायण देव, भिमसेनदास प्रधान र पुष्पा भुषाल सदस्य रहेका छन् । उनीहरुले बैठक अगावै समितिमा असहमति पत्र दर्ता गरेर बहिस्कार गरेको घोषणा गरेका हुन् ।

काँग्रेस सांसदहरुको बहिस्कारका बीच बसेको बैठकले उजुरीका लागि १० दिनको समय दिएको छ ।

प्रकाशित मिति : २० माघ २०७५, आईतवार १४:१८