१२ चैत्र २०८२, बिहीबार | Fri Mar 27 2026

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्धारा लाभांश घोषणा

१३ पुस, काठमाडाैँ । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको हो। पुस ११ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।

प्रकाशित मिति : १३ पुष २०८२, आईतवार ११:४९