सुनको मूल्य हालसम्मकै उच्च, तोलामै २ लाख ७० हजार नाघ्यो
१३ पुस, काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला १ हजार ३ सय रुपैयाँ बढेर २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य
यसअघि शुक्रबार पनि सुन तोलामा १ हजार ८ सय रुपैयाँ बढेर २ लाख ६९ हजार ३ सय रुपैयाँमा किनबेच भएको थियो ।
त्यसैगरी चाँदीको मूल्य पनि आज तोलाको २ सय ७० रुपैयाँले बढेर ४ हजार ८ सय ३५ रुपैयाँ पुगेको छ ।
शुक्रबार चाँदी प्रतितोला ४ हजार ५ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति : १३ पुष २०८२, आईतवार ११:२३












