१३ पुष २०८२, आईतवार | Sun Dec 28 2025

जेन्जी आन्दोलनको अपनत्व बालेन र रविले लिए, अब राष्ट्रिय स्वतन्त्र पार्टीले बोक्ने

१३ पुस, काठमाडौँ । नेपालको इतिहासमै सबैभन्दा ठूलो विध्वंशको भारी बोकेको २०८२ भदौ २३ र २४ गते भएको जेन्जी पुस्ताको आन्दोलनको अपनत्व काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेन र रावि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लिएको छ ।

आइतबार बालेन र रविले हस्ताक्षर गरेको सात बुँदे सहमतिमा भदौ २३ र २४ गते भएको जेन्जी पुस्ताको आन्दोलनको अपनत्व लिने उल्लेख गरिएको छ । आन्दोलनको नाममा केही दल जन्मिए पनि जिम्मा वा अपनत्व लिने काम भएको थिएन । नेकपा एमालेले आफ्नै पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई असफल प्रधानमन्त्री बनाउने आन्दोलनलाई अपराधिकरणको आवरणमा हेर्ने गरेको छ ।

बालेन र रविको सहमतिसँगै लामो समयदेखि नेतृत्व र अभिभावक बिहीन भनेर टिप्पणी हुने गरेको जेन्जी आन्दोलनको पटाक्षेप भएको छ । सहमतिमा नवयुवाले भ्रष्टाचार र कुशासनविरुद्ध गरेको आन्दोलनको अपनत्व लिई घाइते तथा सहिद परिवारका मागको यथोचित सम्बोधन गर्ने सहमतिमा उल्लेख छ ।

dainiki.com

यस्तै पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधिसभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने सहमति भएको छ ।

त्यसैगरी, सहमतिपछि स्थापित हुने राजनीतिक दल, चुनाव चिह्न र पार्टी कार्यालय नाम राष्ट्रिय स्वतन्त्र पार्टीको नै हुनेछ । पार्टीको सङ्गठनात्मक संरचनामा युवालाई सहभागी गराउनेलगायतका विषय समावेश गरिएका छन् ।

प्रकाशित मिति : १३ पुष २०८२, आईतवार ०७:५९