परराष्ट्रमन्त्री शर्माद्धारा पद तथा गोपनीयताको शपथ
११ पुस, काठमाडौँ । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
आजै मन्त्री नियुक्त हुनुभएका शर्माले राष्ट्रपति भवन शितलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको हो । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधान्यायाधीश, मन्त्रीहरूलगायत सहभागी हुनुहुन्थ्यो ।
तत्कालीन नेकपा माओवादी शान्ति प्रक्रियामा आइसकेपछि सेना समायोजन प्राविधिक समितिका संयोजकसमेत रहनुभएका शर्मालाई प्रधानमन्त्री सुशीला कार्कीले परराष्ट्रमन्त्री बनाउनुभएको हो ।
चितवनको माडी घर भएका शर्माले करिब ३९ वर्ष नेपाली सेनामा सेवा गर्नुभएको थियो ।
प्रकाशित मिति : ११ पुष २०८२, शुक्रबार १५:०५












