चुनावी वातावरणका लागि घरदैलोमा सरकार, देउवा, ओली र प्रचण्डकोमा पुग्दै सञ्चारमन्त्री
११ पुस, काठमाडौँ । सरकारले निर्वाचनको वातावरण बनाउने प्रयोजनका लागि घरदैलो अभियान चलाउने भएको छ । प्रमुख दलका शीर्ष नेताको घरमै पुगेर चुनावी वातावरणका लागि दलहरूको इच्छा र अनुरोध संकलनमा सरकार केन्द्रीत भएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शुक्रबार प्रमुख तीन दलका शीर्ष नेतासँग उनीहरूकै घरमा पुगेर छुट्टाछुट्टै भेटवार्ता गर्ने तय भएको उहाँको प्रेस संयोजक सिबी अधिकारीले जानकारी दिनुभयो । खरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गर्ने समय निर्धारण भएको छ ।
खरेलले दलीय हैसियत अनुसार सबैभन्दा पहिला देउवालाई भेट्दै हुनुहुन्छ । त्यसका लागि उहाँ महाराजगञ्ज पुग्नुहुनेछ । त्यसपछि उहाँले भक्तपुरको गुण्डु पुगेर करिब ११ बजे ओलीलाई भेट्नुहुनेछ । र त्यसिपछि खरेलले मध्याह्न १२ बजे प्रचण्डसित भेटवार्ता गर्नुहुनेछ ।
प्रकाशित मिति : ११ पुष २०८२, शुक्रबार ०९:५५












