प्रचण्ड नुवाकोट १ बाट चुनाव लड्ने, जिल्लाले गर्यो उम्मेदवार सिफारिस
१० पुस, काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नुवाकोट क्षेत्र नम्बर १ बाट चुनाव लड्ने हुनुभएको छ । नेकपाको जिल्ला कार्यदलको बैठकले प्रचण्डको नाम सिफारिस गरेको तत्कालीन माओवादी केन्द्रको बागमती प्रदेश कमिटीका सदस्य निर्मल तामाङले जानकारी दिनुभयो । प्रचण्डको गतिबिधि नुवाकोट केन्द्रीत भएसँगै उहाँले चुनाव लड्ने चर्चा समेत हुन थालेको थियो ।
प्रचण्डका लागि नुवाकोट १ सबैभन्दा सुरक्षित क्षेत्रको रूपमा हेरिएको छ । क्षेत्र नम्बर १ को ७ वटा गाउँपालिका मध्ये तीन वटा ककनी, पञ्चकन्या र दुप्चेश्वरमा अध्यक्ष, उपाध्यक्षसहित कार्यपालिकामा बहुमत तत्कालीन माओवादीको छ । त्यस्तै तादी र शिवपुरीमा माओवादीको तर्फबाट उपाध्यक्ष विजयी भएका छन ।
लिखु र सूर्यगढीमा माओवादीको राम्रो नभएकाले सूर्यगढीका श्रीकृष्ण अधिकारीलाइ माओवादीले राष्ट्रियसभामा सांसद बनाएर भूगोल बलियो बनाएको छ । जिल्ला समन्वय समितिको प्रमुख समेत तत्कालीन माओवादीले क्षेत्र नम्बर १ बाटै दिएको छ ।
हालको नेकपामा उक्त क्षेत्रको बलियो नेता राजेन्द्र प्रकाश लोहनी समेत रहनुभएको छ । त्यसकारण पनि प्रचण्डका लागि सुरक्षित क्षेत्र भनेर नुवाकोट १ को चर्चा हुने गरेको छ । लोहनी भने नुवाकोट २ बाट प्रतिनिधिसभाका लागि सिफारिस हुनुभएको छ ।
प्रचण्डसहित नुवाकोट १ बाट सिफारिस भएका उम्मेदवारहरूको विवरण यस प्रकार रहेको छ ।
नुवाकोट संघीय क्षेत्र नम्बर १
१)क प्रचण्ड
२)क हित ब तामाङ
#समानुपातिक
ख )पुष्प लामिछाने
ग )क गमला श्रेष्ठ
ख )क शिव ब खाती
नुवाकोट संघीय क्षेत्र नम्बर २
१)क राजेन्द्र लोहनि।
२)हिरानाथ खतिवडा
३)राज कुमार रेग्मी
४)शुभद्रा नेपाल
५)प्रकाश रैला
#समानुपातिक
क)गोबिन्द नेपाली
ख)मिना वाइबा
ग)सुबाश तामाङ
प्रकाशित मिति : १० पुष २०८२, बिहीबार २१:४७












