९ पुष २०८२, बुधबार | Wed Dec 24 2025

ब्राउन सुगर बोकेर हिँडेका नुवाकोटका केदार केसीसहित दुई जना पक्राउ

९ पुस, काठमाडाैँ । ब्राउन सुगर बोकेर हिँडेका नुवाकोटका केदार केसीसहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्ने अर्का व्यक्ति सर्लाहीको सुशील ठकुरी रहेका छन ।

प्रहरीले नयाँबसपार्क क्षेत्रमा सोधपुछ तथा चेकजाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो । तारकेश्वर नगरपालिकाको वडा नम्बर ९ मा भएको लुटपाटको घटनामा सोधपुछ गर्दा उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ।

उनीहरूको साथबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ १.७९ ग्राम र डिजिटल तराजु थान १ फेला परेकोमा रितपुर्वक बरामद गरी निजहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका केसी नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर ३ घर भइ काठमाडाैँको जिल्ला तारकेश्वर नगरपालिका वडा नम्वर ०९ बस्ने ३४ वर्षका युवा हुन । त्यस्तै ठकुरी सर्लाहीको बागमती नगरपालिका वडा नम्बर १० स्थायी घरभइ काठमाडाैँको टोखा नगरपालिका वडा नम्बर ८ बानियाटार बस्ने ३४ वर्षका युवा हुन ।

प्रकाशित मिति : ९ पुष २०८२, बुधबार १८:०९