१ पुष २०८२, मंगलवार | Tue Dec 16 2025

राप्रपा केन्द्रीय कार्यसमितिको बैठक केहीबेरमा सुरू हुँदै

२० माघ, काठमाडाैँ । कमल थापा नेतृत्वको राप्रपा केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । अब केहीबेरमा अर्पण व्यांक्वेटमा बस्ने बैठकले फागुन ७ बाट सुरु गर्ने संघर्षको कार्यक्रमका बारेमा छलफल गर्ने बुझिएको छ ।

समसामयिक परिस्थितिको समिक्षा, पार्टीको भावी कार्ययोजनाको तयारी, राष्ट्रिय स्वाभिमान यात्रा र फागुन ७ बाट शुरु हुने जनसंघर्ष बैठकको मुख्य एजेण्डा रहेको अध्यक्ष थापाले बताएका छन । हिन्दु राष्ट्र, राजसंस्था पुनःस्थापना र संघीयता खारेजीको मागसहित संघर्षको अभियान शुरु गर्ने राप्रपाले यसअघि नै घोषणा गरेको छ ।

प्रकाशित मिति : २० माघ २०७५, आईतवार ११:००