ओली, देउवा र दाहालले पनि निर्वाचनको वातावरण बनाउन भूमिका खेल्ने
८ पुस, काठमाडौँ । नेकपा एमालका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि निर्वाचनको वातावरण तयार गर्न भूमिका खेल्ने हुनुभएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा मंगलबार अपराह्न प्रधानमन्त्री सुशीला कार्कीसहित राष्ट्रपति रामचन्द्र पाैडेलले गर्नुभएको छलफलमा तीन जना नेता पनि निर्वाचनको वातावरण तयार गर्ने काममा भूमिका खेल्न सहमत भएको बुझिएको छ ।

चुनावको वातावरणका लागि गर्नुपर्ने अन्य छलफलहरू अब प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा गर्नुहुने समझदारी समेत बनेको छ । छलफलमा राष्ट्रपतिले ुदेशको परिस्थिति गम्भीर र संवेदनशील भएको अवस्थामा निकास दिनका लागि चुनावको घोषण भएको र यो गम्भीरतालाई ध्यानमा राखेर निर्वाचन सफल बनाउन सबै लाग्नुपर्ने बताउनुभएको थियो ।
प्रकाशित मिति : ८ पुष २०८२, मंगलवार १९:१३












