८ पुष २०८२, मंगलवार | Tue Dec 23 2025

हिमालयन बैंकले लाभांश नदिने

८ पुस, काठमाडौँ । हिमालयन बैंक लिमिटेडले शेयर धनीलाई आर्थिक वर्ष २०८१/०८२ को नाफा वितरण नगर्ने भएको छ । कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

बैठकले गत आर्थिक वर्षको लेखापरीक्षण भएर प्राप्त भएको वित्तीय विवरणअनुसार कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हाे । बैठकले नेपाल राष्ट्र बैंकसमक्ष वित्तीय विवरण स्वीकृतिको लागि पेस गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : ८ पुष २०८२, मंगलवार १२:२९