८ पुष २०८२, मंगलवार | Tue Dec 23 2025

एनएलजी इन्स्योरेन्सद्धारा लाभांश घोषणा, बोनस शेयर, नगद लाभांश कति ?

८ पुस, काठमाडाैँ । एनएलजी इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये ४ प्रतिशत बोनस शेयर रहेको छ भने ३ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) रहेको छ।

इन्स्योरेन्सको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरे पश्चात सो लाभांश वितरण गरिनेछ ।

प्रकाशित मिति : ८ पुष २०८२, मंगलवार ११:४७