नेतृत्वबाट समान र सम्मानजनक व्यवहार नभए अप्रिय परिणाम भोग्नुपर्छ: ईश्वर पोखरेल
७ पुस, काठमाडौं । नेकपा एमालेका नेता ईश्वर पोखरेलले नेतृत्वबाट समान र सम्मानजनकव्यवहार नभए अप्रिय परिणाम भोग्ने कुरा रोक्न नसकिने बताउनुभएको छ । फेसबुक मार्फत अध्यक्ष र उहाँको कार्यकर्तालाई सम्झाउदै पोखरेलले यस्तो भन्नु भएको हो ।
उहाँले भन्नुभएको छ, `नेतृत्वबाट सबैले आत्मसमर्पण होइन , समान र सम्मानजनक व्यवहारकोअपेक्षा पनि गरेका हुन्छन् – नेतृत्वले र तरंगित हुने सबैले बुझ्नैपर्छ । त्यस्तो हुन नसक्ता अप्रिय रनोक्सानदायी परिणाम भोग्न हामी सबै अभिशप्त हुने कुराबाट कसरी बच्न सकिएला र !?´
यस्तो छ पोखरेलको प्रतिक्रिया
सही कुरा बुझौं !
भ्रममा परेर तरंगित नबनौं !!
————————————
हालै नेकपा (एमाले) को एघारौं राष्ट्रिय महाधिवेशन सम्पन्न भइसकेको छ । त्यहां उठेकाछलफलका विषय , नेतृत्वका लागि भएको प्रतिस्पर्धा र त्यसपछि प्रतिस्पर्धी समूहमा रहनु भएकासाथीहरूका विचमा भएको सामान्य र विदाइ छलफललाई लिएर अहिले केही साथीहरूलेतरंगित बनेर सार्वजनिक गर्नु भएको प्रतिकृयाप्रति ध्यानाकर्षण भएको छ । विगतमा पटकपटक पार्टीभित्रको वहस विवादमा नकारात्मक र नोक्सानदायी परिणाम झेल्दै र भोग्दै आएकोपृष्ठभूमिका बारेमा हामी जानकारनै छौं । त्यसले सृजना गरेको त्रासबाट हामी अहिले पनि केहीहदसम्म त्रसित छौं र पीडित पनि रह्यौं । तर अहिले विगतको त्यही त्रास वा ‘भूत’ बाट तर्सिरहनु कति उचित हुन्छ ? एउटा कुरा – विगतको दुर्भाग्यपूर्ण अध्यायको पुनरावृत्ति हुने छैन – हुन दिइनेछैन । संस्थागत गरिएका ( वा गरिने ) निर्णय र महाधिवेशनबाट निर्वाचित नेतृत्वको विरोधमाकसैबाट पनि कुनै काम हुने छैन । तर हरेक तहका नेता / कार्यकर्ताले आत्म समर्पण होइन, आत्मसम्मान खोज्छन् ; कसैलाई काखा कसैले पाखा नगरियोस् भन्ने आशा र अपेक्षा गरेकाहुन्छन् । र, त्यस्तो नहुंदा वा हुन नसक्ता त्यसप्रति असहमती वा विरोध भने हुनेछ भन्ने कुरालाईअस्वाभाविक रूपमा लिनु हुन्न पनि !
हो, यसपटक विभिन्न कारणले सर्वसम्मती भएन,
नेतृत्वका लागि । ( खासमा नेतृत्वबाट सर्वसम्मतीका लागि ठोस पहल नभएको कुरामहाधिवेशनका आम सहभागीहरूले बुझेकै हुनुपर्छ । नेतृत्वमा रहेका खास खासलाई विदा गर्ने पूर्व योजना रहेर त त्यस्तो गरिएको त थिएन – धेरै सहभागीले यो प्रश्न मनमा लिएर आआफ्नाक्षेत्रमा फिरेको हुनुपर्छ । )
समूह/ समूह बनेपछि र समूहकै हिसावले प्रतिस्पर्धाको प्रकृयामा गएपछि केही नीतिगतअडान, खासगरी पार्टी जीवनको लोकतान्त्रिकरणसित सम्वन्धित विषयमा केन्द्रीत रहेरविषयहरू उठाइएका थिए । ती मुद्दाका रूपमा प्रस्तुत गरिएका थिए , ‘अबधारणा पत्र ‘ कारूपमा सार्वजनिक गरिएका थिए र महाधिवेशनको बन्द सत्रमा समेत प्रस्तुत गरिएकै हुन् ! अर्थात्, लुकाइरहनुपर्ने केही विषय छैनन् वा होइनन् पनि ! जे होस् , अहिले महाधिवेशनले एउटानिष्कर्श दिइसकेको छ ! त्यसलाई पालना गर्नु सबैको कर्तव्य हो। तर नेतृत्वबाट सबैलेआत्मसमर्पण होइन , समान र सम्मानजनक व्यवहारको अपेक्षा पनि गरेका हुन्छन् – नेतृत्वले रतरंगित हुने सबैले बुझ्नैपर्छ । त्यस्तो हुन नसक्ता अप्रिय र नोक्सानदायी परिणाम भोग्न हामी सबैअभिशप्त हुने कुराबाट कसरी बच्न सकिएला र !?
रूपान्तपणका लागि निरन्तर वहस/ छलफल , आधिकारिक र संस्थागत निर्णयहरूको पालना, व्यवहारमा काखा पाखा नहुने कुराको सुनिश्चितता, विभाजनको दुर्भाग्यपूर्ण कुराको दृढतापूर्वकविरोध – अहिलेको आवश्यकता हो । महाधिवेशनमा नेतृत्व चयनमा समूह/ समूह रहे पनि सम्बद्ध सबैलाई यिनै कुराबाट निर्देशित हुने / निर्देशित गर्नुपर्ने अहिलेको आवश्यकता हो ।
कसैप्रति पनि आग्रहप्रेरित कटाक्ष गरिनु कुनै पनि अर्थमा पार्टी र आन्दोलनलाई लाभ पुर्याउनेविषय नभएर नोक्सान मात्र पुर्याउने विषय हुन् । अनावश्यक तरंगित नबनौं ! सबैले बुझौं ! अहिलेनेकपा ( एमाले) सम्बद्ध सबै नेता, कार्यकर्ताहरूले यी कुरामा ध्यान पुर्याउनै पर्ला –
– विधि र प्रकृया अनुसार गरिएका/ भएका संस्थागत
निर्णयहरूको निशर्त पालना !
– पार्टी एकतालाई मजबुत बनाउन सबैबाट त्यसै अनुसारको व्यवहार ! पार्टीलाई विभाजितबनाउने कुराको सख्त बिरोध । संगसंगै , सबै कार्यकर्ताको स्वाभिमान र आत्मसम्मानकोपक्षपोषण !
– यिनै कुराका आधारमा पार्टी नेतृत्वको प्रतिरक्षा हुन्छ – सबै षडयन्त्रहरूलाई पराजित गर्नसकिन्छ ! र नेकपा ( एमाले) लाई एउटा निर्णायक राष्ट्रिय शक्ति बनाउन सम्भव हुनेछ ।
प्रकाशित मिति : ७ पुष २०८२, सोमबार २३:१९












