असीमको घरमा रवि र बालेन, सहकार्यका विषयमा छलफल हुँदै
७ पुस, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र शाह भेट्न रास्वपा नेता असीम शाहको घरमा पुग्नुभएको छ । सोमबार साँझ शाहको घरमा उहाँहरूको बीचमा भेटवार्ता भैरहेको छ । भेटवार्तामा रास्वपाका अन्य नेता समेत सहभागी रहेका छन ।
एमाले र कांग्रेसले संसद पुनस्थापना गर्ने अभियान अघि बढाएपछि रवि र बालेनको बीचमा बाध्यात्मक भेटवार्ता भएको बुझिएको छ । उहाँहरूबीच भोलिका दिनमा सहकार्य गर्ने विषयमा समेत छलफल हुने बताइएको छ ।
प्रकाशित मिति : ७ पुष २०८२, सोमबार २०:५८












