नेप्सेले बोलायो साधारणसभा, नेप्सेले ८५ प्रतिशत लाभांश वितरण गर्ने
७ पुस, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले वार्षिक साधारण सभा बस्ने भएको छ । कम्पनीको सभा पुस २९ गते मंगलबार नेप्सेको कार्यालय युएनआई शान्ति मार्ग काठमाडौंमा बिहान ११ बजेदेखि ४४औँ वार्षिक सभा गर्ने भएको छ ।
कम्पनीले चुक्ता पुँजीको ८५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । गत शुक्रवार बसेको ११४७ औँ बैठकले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीको हाल चुक्ता पुँजी १ अर्ब रुपैयाँ बराबरको छ । जसमा ८५ करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ ।
प्रकाशित मिति : ७ पुष २०८२, सोमबार १४:४८












