बाबुराम भट्टराई भारत जाँदै
६ पुस, काठमाडौँ । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई आजदेखि भारत भ्रमणमा जान लाग्नुभएको छ । दुई फरक कार्यक्रम र अन्य भेटघाटमा सहभागी हुन भट्टराई भारत जान लाग्नुभएको हो ।
जेन्जी अभियानको अभिभावकका रूपमा प्रस्तुत हुँदै आउनुभएको भट्टराई, प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी र रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी एजेण्डागत रूपमा एकै ठाउँमा हुने परिस्थिति बनिरहेको अवस्थामा यो भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रकाशित मिति : ६ पुष २०८२, आईतवार ०८:४०












