५ पुष २०८२, शनिबार | Sat Dec 20 2025

एमालेमा अब लाए अराएको गर्ने, नलाए सुन्ने, हेर्ने र ताली बजाउनेः गोकुल बाँस्कोटा

४ पुस, काठमाडाैँ । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले अब पार्टीमा अब लाए अराएको गर्ने, नलाए सुन्ने, हेर्ने र ताली बजाउने गर्ने बताउनुभएको छ । शुक्रबार साँझ सामाजिक सन्जाल फेसबुकबाट भन्नुभएको छ, ‘भनेकै थिएँ- जिते चलाउने, हारे सघाउने । खाल हारियो, च्याँखे जितियो । अब लाए अराएको गर्ने, नलाए सुन्ने, हेर्ने र ताली बजाउने । तर कुनै फुर्लुङमा तरुवा र सुरुवा बन्न नजाने केही छ अब थप ?’

प्रकाशित मिति : ४ पुष २०८२, शुक्रबार २१:५१