गोविन्द केसीले अनशन तोडे अब कांग्रेसले संसदमा अबरोध गर्दैनः डा महत
१९ माघ, काठमाडाैँ । नेपाली कांग्रेसका प्रभावशाली नेता डा रामशरण महतले नेविसंघका पूर्व नेता डा गोविन्द केसीले अनशन तोडेकाले अब संसद अबरूद्ध नपार्ने बताएका छन । महतले कांग्रेस पार्टीले अब संसद अवरुद्ध नगर्ने स्पष्ट पारे । शनिबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा नेता महतले भने, ‘एक/दुई दिन अवरोध भयो भन्दैमा सँधै संसद अवरोध हुँदैन।
उहाँहरुले महिनौं दिनसम्म अवरोध गर्नुभएको थियो । हामीले त त्यत्रो गरेका छैनौं । अब अबरोध खुल्छ ।’ डा महतले अब बस्ने संसद बैठकमा आफ्नो पार्टीले विरोध गर्ने कुनै कार्यक्रम नभएको स्पष्ट पारे । उनले भने, ‘के गर्ने भन्नेबारे संसदीय दलले निर्णय गर्ला । तर, अहिलेसम्म अवरोध गर्ने निर्णय भएको छैन ।

यसअघि कांग्रेसले लगातार संसद अवरुद्ध पर्दै आएको थियो । पछिल्लो पटक उसले डा. केसीको जीवन रक्षाको माग राखेर संसद अवरुद्ध गरेको थियो । तर, डा. केसीले कांग्रेस सभापति शेरबहादुर देउवा र गगन थापाले गरेको अनुरोध अनुसार शुक्रबार अनसन तोडेका थिए ।
प्रकाशित मिति : १९ माघ २०७५, शनिबार १८:०६








