३ पुष २०८२, बिहीबार | Thu Dec 18 2025

एक हप्ताभित्र सुरक्षा टिम बनाउन नेता कार्यकर्तालाई ओलीको निर्देशन

३ पुस, काठमाडौँ । नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले एक हप्ताभित्र सुरक्षा टिम बनाउन नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएकाे छ ।

बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि सम्बोधन गर्दै ओलीले भदौ २४ गते आफूहरूलाई धोका भएको भन्दै टोलटोलमा सुरक्षा दस्ता तयार पार्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएकाे हाे । नवनिर्वाचित अध्यक्ष ओलीले राज्य संयन्त्रमाथि विश्वास नभएको भन्दै भन्नुभयाे, ‘धोका पाउन सक्छौँ । आफ्नो सुरक्षा आफैँ गर्नुपर्छ । शान्ति सुरक्षा आफैँले गर्नुपर्छ ।’

उहाँले एक हप्ताभित्र सुरक्षा टिम बनाउन निर्देशन दिँदै भन्नुभयाे, ‘एकहप्ताभित्र सुरक्षा टिम बनाउनू, जेनजीको नाममा धाकधम्की आउनसक्छ’।

प्रकाशित मिति : ३ पुष २०८२, बिहीबार १९:१७