४ पुष २०८२, शुक्रबार | Fri Dec 19 2025

नेरुडेमिर्मिरे लघुवित्तको सीईओमा पौडेल नियुक्त

३ पुस, काठमाडौँ। नेरुडेमिर्मिरे लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा केशव प्रसाद पौडेल नियुक्त हुनुभएकाे छ । संस्थाको बिहीबार बसेको सञ्चालक समिति बैठकले पौडेललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

कार्यकाल पूरा गरेर भोजराज बस्याल बाहिरिएपछि नेरुडेमिर्मिरेको सीईओ पद रिक्त थियो । सीईओ बन्नका लागि २८ जनाले आवेदन दिएका थिए ।

पौडेल यसअघि सम्पदा लघुवित्तको सीईओ हुनुहुन्थ्याे । तत्कालीन सबैको लघुवित्त वित्तीय संस्था र साधना लघुवित्त संस्थाको सफल मर्जर गराउनुका पौडेल मर्जरको केही समय काम गरेर संस्थाबाट बिदा हुनुभएकाे थियाे ।

प्रकाशित मिति : ३ पुष २०८२, बिहीबार १८:१४