३ पुष २०८२, बिहीबार | Thu Dec 18 2025

एमालेको केन्द्रीय सदस्यमा नुवाकोटका पाण्डे र ढुंगाना विजयी

३ पुस, काठमाडौँ । नेकपा एमालेको ११ औं महाधिवेशनमा नुवाकोटका २ जना केन्द्रीय सदस्यमा विजयी हुनुभएको छ । बागमती प्रदेश खुल्ला भुगोलबाट केशवराज पाण्डे र बागमती प्रदेश महिला भुगोलबाट विन्दा ढुंगाना विजयी हुनुभएको हो ।

विजयी हुनुभएका पाण्डेले १५७१ मत प्राप्त गर्नुभएको छ भने ढुंगानाले १८०७ मत प्राप्त गरेर विजयी हुनुभएको हो ।

प्रकाशित मिति : ३ पुष २०८२, बिहीबार १७:०२